नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएकी छन्।कान्तिपथको होटल एल्लो प्यागोडामा बस्ने गरी उनले यही भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन्।
अध्यक्ष श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा पार्टीको विवरण अध्यावधिक गर्ने विषयमा छलफल हुनेछ।