नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने भएको छ। समितिको रिक्त सभापति पदका भोलि निर्वाचन हुँदैछ। पार्टीले आफूलाई समितिको सभापतिमा अघि सार्ने निर्णय गरेको सुन्नमा आएको खतिवडाले बताए। उनले आफू पार्टीले गरेको निर्णय स्वीकारेर अघि बढ्ने पनि बताए।
