काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च विन्दु हो । शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको थियो ।