काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ४ सय ७५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।