काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ३५.९९ अंकले घटेर २६७२.२५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि सोमबार कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ४ अर्ब ४० करोडको कारोबार भएको बजारमा आज ५ अर्ब २३ करोडको कारोबार भएको छ । त्यसैगरी आज २२ कम्पनीको सेयर मुल्य बढेको छ भने २२९ कम्पनीको सेयर मुल्य घटेको छ ।