काठमाडौं। काठमाडौं उपत्यकाका निजी विद्यालयहरु आज बन्द हुने भएका छन् । हिजो जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले आज एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला विद्यालयहरुले आज एक दिन विद्यालय नहुने सूचना अभिभावकहरुलाई पठाएका छन् ।
