मंगलबार, भदौ २५ गते २०८२

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

    काठमाडौँ उपत्यकाको पूर्वीनाका काभ्रेको साँगामा यातायातका साधानलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ । आज बिहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपछि साँगा–नाकाबाट यातायातका साधनलाई रोक लगाइएको हो ।

    अरनिको, बिपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोक हुँदै उपत्यका प्रवेश गर्ने सवारीसाधानलाई साँगामा ‘होल्ड’ गर्दै फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेख–काठमाडौँ र पनौती–काठमाडौँ रुटका सार्वजनिक तथा निजी सवारीलाई साँगामै रोकिएको कार्यालयका प्रमुख सुनिल धाँजूले बताउनुभयो । उहाँका अनुसार वैकल्पिक सडकबाट पनि उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधानलाई जिल्लाका विभिन्न स्थानमा रोकिएको छ ।

    उपत्यका जाने लामो दूरीका मध्यपहाडी क्षेत्र सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकबाट बिहानै आएका सार्वजनिक यातायातलाई काभ्रेपलाञ्चोकका विभिन्न ‘चेकपोष्ट’मा ‘होल्ड’ गरिएको धाँजूले जानकारी दिनुभयो । अरनिको र बिपी राजमार्गबाट काभ्रेपलाञ्चोक हुँदै दैनिक करिब एक हजार सार्वजनिक यातायात साथ आवतजावत गर्दै आएका छन् ।रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार