बुधबार, भदौ २६ गते २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १२ बजेसम्म उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १२ बजेसम्म उडान बन्द

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १२ बजेसम्म उडान बन्द

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो साढे २ बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।

    आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ ।

    वायुसेवा सञ्चालक संघले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै संघका सदस्य कम्पनीहरु सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराएका छन् । यसैबीच, संघले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकोप्टरहरुबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ