बुधबार, भदौ २६ गते २०८२

सेनाले भन्यो– समस्या समाधानका लागि सम्बद्ध पक्षहरूबीच समन्वय भइरहेको छ

सेनाले भन्यो– समस्या समाधानका लागि सम्बद्ध पक्षहरूबीच समन्वय भइरहेको छ

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • सेनाले भन्यो– समस्या समाधानका लागि सम्बद्ध पक्षहरूबीच समन्वय भइरहेको छ

    काठमाडौं । नेपाली सेनाले आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानका लागि सम्बद्ध पक्षहरूबीच समन्वय भइरहेको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक अपिल जारी गर्दै उक्त जानकारी दिएको हो । आगजनी र तोडफोडमा उत्रिए कारबाही गर्ने सेनाको चेतावनी छ । 

    “आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरूबीच समन्वय भइरहेको छ,” सेनाले भनेको छ, “आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही हुनेछ ।” 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ