बुधबार, भदौ २६ गते २०८२

लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ

लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ

    नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना जारी गर्दै सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको हो।  

    सेनाले तीनवटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको पनि जनाएको छ। यस्तै काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३,७०,००० रुपैयाँ बरामद गरिएको सेनाले जनाएको छ। यस्तै सेनाले काठमाडौँको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद गरेको छ।  

    यस्तै २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिको सैनिक अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ