बुधबार, भदौ २६ गते २०८२

अलपत्र विदेशी नागरिकलाई सेनाले भन्यो– नजिकको सुरक्षा निकायमा सम्पर्क गर्नुहोस्

अलपत्र विदेशी नागरिकलाई सेनाले भन्यो– नजिकको सुरक्षा निकायमा सम्पर्क गर्नुहोस्

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • अलपत्र विदेशी नागरिकलाई सेनाले भन्यो– नजिकको सुरक्षा निकायमा सम्पर्क गर्नुहोस्

    काठमाडौं । नेपाली सेनाले नेपाल आई अलपत्र परेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न भनेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार (भदौ २५ विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

    “विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको पर्खाइमा रहनुभएका सबै विदेशी नागरिकहरूले नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ,” सेनाले भनेको छ ।

    विदेशी नागरिकसँग सम्बन्धित होटेल, पर्यटन व्यवसायी वा अरू संघसंस्थाले उद्धार तथा सहयोगका निम्ति आवश्यक समन्वय र सहजीकरण गर्न समेत सेनाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार