काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक शव फेला परेको छ । प्रदर्शनकारीले आगजनी गरेको घरमा शव भेटिएको हो ।बुधबार (भदौ २५) दिउँसो ललितपुरको ढोलाहिटीस्थित दाहालको घरमा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको पहिचान हुन बाँकी छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मंगलबार (भदौ २४) उक्त घरमा आगजनी गरिएको थियो ।शव आगजनी गर्ने व्यक्तिकै हुन सक्ने प्रारम्भिक अनुसन्धानमा आशंका गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए ।