काठमाडौँको डिल्लीबजार कारागारबाट दिपक मनाङेले आफू नभाग्ने बताएका छन् । बुधबार बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट केही कैदीबन्दी भाग्ने प्रयास गरिरहेका बेला मनाङेले आफु भाग्न नआएको भन्दै नभाग्ने बताएका हुन् ।
जेलमा आगो लागेको बहाना गरेर कुम्लोकटुरो बोकी निस्केका उनीहरू कारागार परिसरको गेट तोड्ने कोसिसमा थिए । तर, गेटबाहिर नेपाली सेना पुगिसकेकाले भाग्न भने पाएनन् । प्रहरीलाई कारागारभित्रैबाट ढुंगा हानिरहेका कैदीहरू सेनाले पोजिसन लिएपछि रोकिए । यद्यपि, गेट तोडेर बाहिर निस्केकाहरूलाई पछि सेनाले नियन्त्रणमा लियो ।
यही कारागारमा रहेका गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भने भाग्ने प्रयास गरेको समूहमा कतै देखिएनन् । खासमा उनलाई जहाँ राखिएको थियो, त्यहीँ बसिरहेका थिए । केही कैदीले उनलाई देशको माहोल फेरिएको, कारागारमा आगो लागेकाले बाहिर निस्कने मौकाको फाइदा उठाउन भनेका थिए । तर, उनी ुजान्नँ, तिमेरु जाओु भनेर निस्कन नमानेको सेनाको नियन्त्रणमा परेका एक कैदीले बताए । उनका अनुसार, मनाङले आफू भाग्न नभएर सजाय काट्न आएको प्रतिक्रिया दिएका थिए ।