शनिबार, भदौ २९ गते २०८२

प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

    अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका जेन-जी युवाहरूबीच कुटाकुट भएको छ।

    मुख्यालय अगाडिको सडकमा जेन-जीका दुई समूहबीच हानाहान भएको हो ।त्यहाँ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरूको समूह नाराबावजीसहित पुगेको थियो ।

    अर्कातिर काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवाहरू पनि जम्मा भएका छन् । उनीहरूबीच सैनिक मुख्यालयको गेटमा कुटाकुट र ग्याङ फाइट नै चलेको हो ।अहिले सैनिक मुख्यालय अगाडिको सडक क्षेत्र दुई पक्षको कुटाकुटले तनावग्रस्त बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ