शनिबार, भदौ २९ गते २०८२

सेनाले बरामद गर्‍यो ९७ नाल हतियार, भागेका कैदीबन्दी नियन्त्रणमा

सेनाले बरामद गर्‍यो ९७ नाल हतियार, भागेका कैदीबन्दी नियन्त्रणमा

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • सेनाले बरामद गर्‍यो ९७ नाल हतियार, भागेका कैदीबन्दी नियन्त्रणमा

    नेपाली सेनाले काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ स्थित नयाँ बस्तीमा फेला परेको आठवटा सकेट बमलाई बिहीबार डिस्पोज बनाएको छ । त्यसैगरी, काठमाडौंको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार कैदीबन्दीहरू र डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका तीन बालबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ ।

    धादिङको गजुरीमा रहेको कारागारबाट भागेका ३९ कैदीहरू र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ बालबन्दीलाई पनि सेनाले नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सो क्रममा एकजना कैदी घाइते भएका छन् ।

    ललितपुरको भैँसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरूद्वारा सरसफाइ गरी कार्यरत प्रहरीहरूलाई स्वागत गरेको सेनाले जनाएको छ । सेनाले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट लुटिएकामध्ये हालसम्म विभिन्न स्थानहरूबाट ९७ नाल हतियार बरामद भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ