काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्ध सुदृढीकरण, द्विपक्षीय सहयोग र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री कार्की र राजदूत सङबीचको केहीबेर अगाडीबाट शुरु भएको भेटवार्ता औपचारिक भेटघाटको रुपमा लिइएको छ ।