बिहीबार , असोज ३ गते २०८२

कोटेश्वर भाटभटेनीमा मृत भेटिएका युवकको त्यो अन्तिम फोन

कोटेश्वर भाटभटेनीमा मृत भेटिएका युवकको त्यो अन्तिम फोन

अखबार दैनिक
बिहीबार , असोज ३ २०८२
  • कोटेश्वर भाटभटेनीमा मृत भेटिएका युवकको त्यो अन्तिम फोन

    काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा एक जनाको शव फेला परेको छ । मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी अपिल बोहराले जानकारी दिएका छन । जलेको अवस्थामा उनको अस्थिपञ्जरमात्र भेटिएको एसपी बोहराले जानकारी दिएका छन ।

    ललितपुरको च्यासल बस्दै आएका रसाइली भदौ २४ मा साँझ काठमाडौं महानगरपालिका– ३२ स्थित कोटेश्वरमा रहेको भाटभटेनीको शाखामा आगजनी हुँदा त्यहाँ पुगेका थिए । चौथो तलामा उनी पुग्दा तलबाट उनीसँगै गएका अरू प्रदर्शनकारीहरूले आगो लगाए । आगोको लप्काको कारण ओर्लिन नसक्ने भएपछि उनले बुबालाई फोन गरेर भने, ‘बुबा, म भाटभटेनीको ४ तला माथि ट्रयापमा परेँ ।’ त्यो कल उनको अन्तिम कल थियो । प्रहरीले उनको शवसँगै एउटा मोबाइल फेला पारेको छ ।

    मोबाइलको प्राविधिक जाँच गर्दा रसाइलीकै रहेको पुष्टि भएको एसपी बोहराले जानकारी दिएका छन । बुधबार सरसफाइ गर्दा चौथो तलामा उनको अस्थिपञ्जर फेला परेको हो । शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका बुबा पूर्णबहादुर रसाइली प्रहरीको सम्पर्कमा आएका छन ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ