निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज सार्वजनिक भएका छन् ।जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिका कारण सैनिक सुरक्षाबाट हिजो निस्किएका ओली भक्तपुरको गुण्डुमा खोजिएको डेरा लिइएको घरमा गएर बसेका थिए ।
आज बिहान ओली ११औं दिनमा सार्वजनिक भएका हुन् । महेश बस्नेतलगायतका नेताहरू अहिले त्यहाँ पुगेका छन् ।