शुक्रबार, असोज ४ गते २०८२

सबै राजनीतिक दलले कमीकमजोरी सच्याउन जरुरी छः अष्टलक्ष्मी शाक्य

सबै राजनीतिक दलले कमीकमजोरी सच्याउन जरुरी छः अष्टलक्ष्मी शाक्य

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८२
  • सबै राजनीतिक दलले कमीकमजोरी सच्याउन जरुरी छः अष्टलक्ष्मी शाक्य

    नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेसहित सबै राजनीतिक दलहरूले आफ्ना कमीकमजोरीको समीक्षा गर्न जरुरी भएको बताएकी छन् । संविधान दिवसका अवसरमा एमालेले पार्टी कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष शाक्यले यस्तो बताएकी हुन् ।

    उनले अहिले देश रोइरहेको भन्दै गणतन्त्रलाई कमजोर बनाउने गरी अहिले पनि चलखेल भइरहेकाले सचेत हुन जरुरी रहेको बताइन् । ‘गणतन्त्रलाई अहिले पनि कमजोर बनाउन चलखेल भइरहेको छ । इतिहास कसरी कोर्ने हो रु त्यसमा पनि छलफल गर्नुपर्छ । इतिहासको पानालाई गर्व गर्नसक्नेगरी इतिहास थप्ने हो’, उनले भनिन, संयम हुन जरुरी छ । सबै राजनीतिक दलहरूले नयाँ सोचका साथ राम्रा कामको आत्मसात् गर्दै कमीकमजोरी सच्चाएर अघि बढ्नै पर्छ ।’

    उनले एमालेभित्र पनि समीक्षा गर्नुपर्ने भन्दै नेतृत्व तहबाट सच्चाउनुपर्ने केके हो त्यो तहमा जानुपर्ने बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ