मंगलबार, असोज २९ गते २०८२

राष्ट्र बैंकबाट चाँदीको सिक्का किन्न नागरिकता चाहिने

राष्ट्र बैंकबाट चाँदीको सिक्का किन्न नागरिकता चाहिने

अखबार दैनिक
मंगलबार, असोज २९ २०८२
  • राष्ट्र बैंकबाट चाँदीको सिक्का किन्न नागरिकता चाहिने

    नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले प्रत्येक वर्ष तिहारमा चाँदीको मेडालियन (सिक्का) बिक्री गर्दै आएको छ । यो वर्ष विभागले चाँदीको मेडालियन खरिद गर्न चाहनेले नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरेको छ । १० ग्रामका चाँदीका लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई मेडालियन प्रतिव्यक्ति एकथान बिक्री गरिने विभागले जनाएको छ । 

    यी मेडालिनको मूल्य प्रतिगोटा तीन हजार रुपैयाँ तोकिएको छ । यही असोज २६ गते (आइतबार)देखि सिक्का बिक्री खुला गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ