शुक्रबार, कात्तिक १६ गते २०८२

काठमाडौँको फोहोर नउठ्ने, घर बाहिर ननिकाल्न सूचना

काठमाडौँको फोहोर नउठ्ने, घर बाहिर ननिकाल्न सूचना

अखबार दैनिक
शुक्रबार, कात्तिक १६ २०८२
  • काठमाडौँको फोहोर नउठ्ने, घर बाहिर ननिकाल्न सूचना

    काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रको फोहोर नउठ्ने भएको छ । काठमाडौँ महानगरपालिकाले फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहोर मैला घर र कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न आग्रह गरेको हो ।

    महानगरको वातावरण व्यवस्थापन विभाग आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर मैला अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएकोले हाल फोहोर विसर्जन गर्न नसकिएको जनाएको हो ।  

    महानगरले फोहोर जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्न अनुरोध गरेको छ । बञ्चरेडाँडामा देखिएको अवरोधका कारण फोहोर ढुवानी र विसर्जन कार्य प्रभावित भएपछि महानगरपालिकाले यो सूचना जारी गरेको हो ।  अर्को सूचना जारी नभएसम्म धैर्य धारण गरी फोहोरलाई व्यवस्थित तरिकाले घरमै राख्न महानगरले जनाएको छ ।

    574075585_839063998812010_2932688760684000589_n_kNM6EJXjQN.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार