बिहीबार , साउन २१ गते २०८३

समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुला

समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुला

अखबार दैनिक
शुक्रबार, असोज १६ २०७७
  • समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुला

    १६ असोज, काठमाण्डौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड (SFCL) ले आज (असोज १६ गते) देखि चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ।

    फाइनान्सले चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ २ कित्ता अनुपातमा हकप्रद निष्काशन गरेको हो। यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गरेको हो।

    हकप्रद निष्काशनका लागि फाइनान्सले भदौ १२ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार भदौ ११ गते बिहीबारसम्म कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

    फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा बिओके क्यापिटल, समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा र पुतलीसडक तथा बुटवल शाखा कार्यालय, बैंक अफ काठमाण्डूका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत कात्तिक ६ गतेसम्म आवेदन दिन पाउनेछन्।

    क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सको हकप्रद निष्काशनलाई इक्राएनपि आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ५ रेटिङ्गले फाइनान्सको वित्तीय आधारभुत अवस्था कमजोर रहेको संकेत गर्दछ।

    हाल १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार