बिहीबार , साउन २१ गते २०८३

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा ३ दिनमा झण्डा ६ गुणा बढी आवेदन

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा ३ दिनमा झण्डा ६ गुणा बढी आवेदन

अखबार दैनिक
शुक्रबार, असोज २३ २०७७
  • सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा ३ दिनमा झण्डा ६ गुणा बढी आवेदन

    सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओमा तीन दिनमा झण्डै ६ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा ७ लाख ४४ हजार ४९१ वटा आवेदनबाट १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५५० कित्ता शेयर खरिदको लागि आवेदन परेकाे छ। यो मागभन्दा ५.९४ गुणा धेरै हो। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार