सोमबार, असोज १९ गते २०८३

स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ खारेज, विदेश जाने श्रमिकले सरकारी अस्पतालबाटै सेवा पाउने

स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ खारेज, विदेश जाने श्रमिकले सरकारी अस्पतालबाटै सेवा पाउने

अखबार दैनिक
मंगलबार, चैत १७ २०८२
  • स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ खारेज, विदेश जाने श्रमिकले सरकारी अस्पतालबाटै सेवा पाउने

    काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । अबदेखि श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ। तर, व्यवहारमा सीमित संस्थामार्फत मात्रै सेवा दिएपछि सिन्डिकेटको आरोप लाग्दै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ