गोरखा । गोरखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका उम्मेदवार ध्रुव पन्तले द्वन्द्वपीडितको न्याय, सत्य निरूपण, उचित परिपूरण र सम्मानजनक जीवनको अधिकारलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन्।
पन्तले आफ्नो उम्मेदवारीमार्फत द्वन्द्वका कारण पीडा भोगेका परिवारको आवाज पार्टी र राज्यका सम्बन्धित निकायसम्म पुर्याउने बताएका छन्। उनले द्वन्द्वपीडितका समस्या समाधानका लागि न्याय र परिपूरणको विषयलाई स्पष्ट रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
जनताको दुःख–पीडामा साथ दिने, पीडितका पक्षमा आवाज उठाउने तथा पार्टीभित्र निष्ठा, इमानदारी र संघर्षको राजनीतिक संस्कारलाई प्राथमिकता दिने उनको भनाइ छ।
महाधिवेशन प्रतिनिधिका उम्मेदवार पन्तले आफ्नो राजनीतिक अभियान जनताको अधिकार, पीडितको न्याय र पार्टीभित्रको इमानदार नेतृत्वसँग जोडिएको बताएका छन्। उनले नेपाली कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
नोट: यो समाचार उम्मेदवारको प्रचार सामग्रीमा व्यक्त प्रतिबद्धता र दाबीलाई आधार बनाएर तयार गरिएको हो।

प्रतिक्रिया दिनुहोस