बुधबार, कात्तिक १८ गते २०८३

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

अखबार दैनिक
बुधबार, कात्तिक १८ २०८३
  • मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

    काठमाडौँ, १८ कात्तिकः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ ।    
        
    मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।    
        
    सो अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढी प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।    
        
    उहाँले जापान सरकारले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो ।    
        
    राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।   रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार