बुधबार, कात्तिक १८ गते २०८३

डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

अखबार दैनिक
बुधबार, कात्तिक १८ २०८३
  • डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

    कर्णाली, १८ कात्तिकः जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका चार जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।    
        
    प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङ गाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा सोही नगरपालिका–७ घर भएका जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकाय र नलगाड नगरपालिका–९ जाजरकोट घर भई नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियारलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।    
        
    उहाँका अनुसार मङ्गलबार आठबिसकोट नगरपालिका १० रुकुमपश्चिम घर भएका जबर्जस्ती करणी मुद्दाका कैदी ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ सल्यान घर भएका जबर्जस्ती करणी मुद्दाका कैदी २८ वर्षीय रेशम राना पक्राउ परेका थिए । चेकजाँचको क्रममा भाग्न खोज्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता राठौरले बताउनुभयो ।    
        
    यही कात्तिक १४ गते शुक्रबार बिहान ६ः०० बजे डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए । भागेका अन्य कैदीबन्दीको खोजी कार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार