बुधबार, कात्तिक १८ गते २०८३

बाघको आक्रमणबाट महतोको मृत्यु

बाघको आक्रमणबाट महतोको मृत्यु

अखबार दैनिक
बुधबार, कात्तिक १८ २०८३
  • बाघको आक्रमणबाट महतोको मृत्यु

    नारायणगढ (चितवन), १८ कात्तिकः बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ ।    
        
    भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उहाँको मृत्यु भएको हो ।    
        
    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार महतो मङ्गलबार दिउँसो तीन जनासँग निउरो टिप्न जानुभएको थियो । सोही क्रममा बाघले आक्रमण गरी उहाँलाई लगेको थियो ।    
        
    महतोसँगै गएका साथीले इलाका प्रहरी कार्यालय दिव्यनगरमा जानकारी गराएपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजी सुरु गरिएको थियो ।    
        
    खोजीका क्रममा आज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ । शव नजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार