बुधबार, असोज २८ गते २०८३

'रअ' का प्रमुखलाई मैले भेटेको छैन भन्दै पन्छिए शिर्ष नेताहरु

'रअ' का प्रमुखलाई मैले भेटेको छैन भन्दै पन्छिए शिर्ष नेताहरु

अखबार दैनिक
बिहीबार , कात्तिक ६ २०७७
  • 'रअ' का प्रमुखलाई मैले भेटेको छैन भन्दै पन्छिए शिर्ष नेताहरु

    कार्तिक ६,

    बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका छन् । भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलिसकेको छैन । तथापी गोयलको उक्त्त नेपाल भ्रमण र उनको भेटवार्तालाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

    यद्दपी अन्य शिर्ष नेताहरु भने आफुले ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग नभेटेको भन्दै पन्छिरहेका छन् । यो कुरा स्पस्ट पार्न सचिवालयकै विग्यप्तीको सहारा पनि लिरहेका छन् ।

    पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गोयलसँग भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको उनकै निजी सचिवालयले जनाएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले गोयललाई भेटेको भन्ने समाचार पुर्णत असत्य हो ।’

    यसैगरी अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आफुले गोयलसँग भेटवार्ता नगरेको प्रस्ट पार्दै टुईट गरेका छन् । उनले लेखेका छन् , "पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सन्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।"

    साथसाथै प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले पनि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग देउवाको भेटवार्ता नभएको बताएको छ । देउवाले गोयलसँग भेटवार्ता गरेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवका निजी स्वकीय सचिव भानु देउवाले रअ प्रमुखसँग कुनै भेटवार्ता नभएको प्रष्ट पारेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ