सोमबार, भदौ १५ गते २०८३

पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध, तीन स्थानको लेदो हटाउन बाँकी

पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध, तीन स्थानको लेदो हटाउन बाँकी

उनका अनुसार गजुरी गाउँपालिका-५ अन्तर्गत बाहुनी भिरमा बाढीले थुपारेको लेदो हटाउन अहिलेसम्म उपकरण पुग्न सकेको छैन । यो ठाउँमा लेदो पन्छाउनका लागि पहिला गलौदी र महेश दोभान क्षेत्रको लेदो हटाउनुपर्ने उनले बताए ।

अखबार दैनिक
शुक्रबार, भदौ १२ २०८३
  • पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध, तीन स्थानको लेदो हटाउन बाँकी

    १२ भदौ, काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत धादिङका विभिन्न स्थानमा लेदो थुप्रिएपछि बुधबार साँझदेखि राजमार्ग अवरुद्ध भएको हो।

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा लेदो थुप्रिएको छ। अहिले अधिकांश क्षेत्रमा लेदो हटाउने काम भइरहे पनि तीन स्थानमा भने अझै सडक खुलाउन बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ।

    ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा थुप्रिएको लेदो हटाउन बाँकी छ।

    उनका अनुसार सडकमा थुप्रिएको लेदो हटाउन विभिन्न उपकरण प्रयोग भइरहेका छन्। तर बाढीले प्रभावित क्षेत्रमा बस्तीसमेत रहेकाले लेदो उठाएर अन्यत्र व्यवस्थापन गर्नुपर्ने भएकाले सडक खुलाउन समय लागेको हो।

    ‘सडकमा लेदो थुप्रिएको ठाउँमा बस्तीहरू छन्। त्यसैले त्यहाँ जमेका लेदो उठाएर अन्यत्रै लगेर फाल्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ पाण्डेयले भने।

    उनका अनुसार गजुरी–५ स्थित बाहुनी भिरमा थुप्रिएको लेदो हटाउनका लागि आवश्यक उपकरणसमेत अझै पुग्न सकेको छैन। बाहुनी भिरमा काम सुरु गर्नुअघि गलौदी र महेश दोभान क्षेत्रमा रहेको लेदो हटाउनुपर्ने अवस्था रहेको उनले बताए।

    ट्राफिक प्रहरीका अनुसार आज दिनभरमै राजमार्ग सञ्चालनमा ल्याउने गरी सडक सफा गर्ने काम तीव्र पारिएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं र चितवनतर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ