बुधबार, भदौ ३१ गते २०८३

बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी

बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी

अखबार दैनिक
मंगलबार, भदौ २३ २०८३
  • बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिनुभएको छ । अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।    
        
    ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो । बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ हजार रोजगारी सिर्जना गरेको र ४७ राज्यमा करिब दुई हजार आठ सय अमेरिकी कम्पनी आफ्नो आपूर्ति शृङ्खलामा आबद्ध रहेको जनाएको छ ।    
        
    कम्पनीले आफ्ना विमानमा अमेरिकी कम्पनीले उत्पादन गरेका इन्जिन, एभियोनिक्सलगायत प्रमुख सामग्री प्रयोग हुने तथा इन्डियानाको फोर्ट वेनमा यस वर्षको अन्त्यमा नयाँ सुविधा सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।    
        
    ट्रम्पले यसअघि पनि बोम्बार्डियरमाथि अमेरिकी प्रमाणीकरण रद्द गर्ने तथा क्यानाडाली विमानमा ५० प्रतिशत शुल्क लगाउने चेतावनी दिनुभएको थियो । हाल बोम्बार्डियरका विमान अमेरिकी नियमनअनुसार प्रमाणित छन् र कम्पनी अमेरिकी शुल्कबाट मुक्त छ ।    
        
    अमेरिका र क्यानाडाबीच व्यापार वार्ता असफल भएपछि तनाव थपिएको हो । ट्रम्प प्रशासनले गत महिना करिब २० अर्ब अमेरिकी डलरका क्यानाडाली वस्तुमा ५० प्रतिशत शुल्क लगाएपछि क्यानाडाले मङ्गलबारदेखि अमेरिकी स्टिल, आल्मुनियम तथा दुग्धजन्य वस्तुलगायतमा १५, २५ र ५० प्रतिशतसम्म प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ ।    
        
    दुवै देशबीच औपचारिक व्यापार वार्ता पुनः सुरु भएको छैन । बोम्बार्डियरमाथिको नयाँ चेतावनी कार्यान्वयन भए त्यसको प्रक्रिया भने अझै स्पष्ट छैन ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार