बुधबार, भदौ ३१ गते २०८३

भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

अखबार दैनिक
सोमबार, भदौ २९ २०८३
  • भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    ख्वप (भक्तपुर), २९ भदौः भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ । तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले बताउनुभयो ।    
        
    मन्दिरका पुजारी प्रमिलराज सुवेदीले यसअघि केदारनाथको जन्मोउत्सव बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा दुईपल्ट खोलिँदै आएको थियो ।    
        
    तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनका लागि सहज तुल्याउन बिहानदेखि मन्दिर खुला गरिएको हो । मन्दिर खुला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाको सहभागिता बाक्लो देखिएको छ । दर्शनका लागि मन्दिर दिनभर खुल्ला रहने जनाइएको छ । स्थानीय सबिना बोहजुले त्यस मन्दिर पहिलो पल्ट दर्शन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।    
        
    उहाँले विस २०७२ को भूकम्पमा भत्किएको बेला भित्रको महादेवको मन्दिर बाहिरीबाट दर्शन गरिएको बताउनुभयो । आज भित्र गएर दर्शन गर्न मौका मिलेको उहाँ बताउनुहुन्छ । भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालले हरितालिका तीज २०८३ को अवसरमा दरबार स्क्वायरमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिनुभयो ।    
        
    उहाँका अनुसार तीजको दिन चारधाम क्षेत्रमा एकैपटक र एकै समयमा महाआरती सञ्चालन गरिन लागेको हो । धार्मिक तथा आध्यात्मिक महत्व बोकेको उक्त कार्यक्रममा तीजको व्रत बसेका तथा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ ।    
        
    सुवालले तीजको दिन साँझ आयोजना हुने महाआरतीमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक निमन्त्रणा गर्नुभएको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार