सोमबार, असोज १९ गते २०८३

एसियाडः पुरुष कबड्डीमा नेपाल पराजित

एसियाडः पुरुष कबड्डीमा नेपाल पराजित

अखबार दैनिक
सोमबार, असोज ५ २०८३
  • एसियाडः पुरुष कबड्डीमा नेपाल पराजित

    काठमाडौँ, ५ असोजः जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।    
        
    जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको हो । दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अङ्कले पराजित भयो ।    
        
    पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा थाइल्यान्डसँग नेपाल २८–२४ ले पछि प¥यो ।    
        
    दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन । दोस्रो हाफमा पनि थाइल्यान्डको आक्रामक शैलीलाई रोक्न नेपाल असफल रह्यो । दोस्रो हाफमा थाइल्यान्डले ३१ अङ्क जोड्दा नेपालले २४ अङ्क बनाउन सक्यो ।    
        
    समूह ‘बी’ रहेको थाइल्यान्डले ११ अङ्कको जित निकाल्यो । भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोक्कामगरको कप्तानीमा नेपालले जित निकाल्न असफल भयो । समूह बी अन्तर्गत नेपालले भोलि पाकिस्तानसँग खेल्नेछ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ