सोमबार, असोज १९ गते २०८३

एसियाली खेलकुदः उसुकी सुम्मिता तेह्रौँ स्थानमा

एसियाली खेलकुदः उसुकी सुम्मिता तेह्रौँ स्थानमा

अखबार दैनिक
सोमबार, असोज ५ २०८३
  • एसियाली खेलकुदः उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    काठमाडौँ, ५ असोजः उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौँ स्थान हासिल गरेकी छन् ।    
        
    जापानको आइची–नागोयामा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सम्पन्न खेलमा उहाँले सो उपाधि हासिल गरेकी हुन् ।    
        
    सुस्मिताले ९.५८० अङ्क प्राप्त गर्दै तेह्रौँ स्थानमा उपाधि हासिल गरेको नेपाल उसु महासङ्घले जनाएको छ ।    
        
    यस विधामा हङकङकी लिडिया हुई यु शामले ९.७१३ अङ्कसहित स्वर्ण जितेकी छन् । त्यसैगरी मकाउकी, चो मानले ९.७१० अङ्क प्राप्त गर्दै रजत पदक हात पारिन भने इन्डोनेसियाकी युजेनिया दिवा विडोडो ९.७०६ अङ्कसहित कास्य पदक जितिन ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ