आइतबार, असोज १८ गते २०८३

चर्चित उपन्यास ‘एक चिहान’ कान्तिपुर थिएटरमा मञ्चन हुँदै

चर्चित उपन्यास ‘एक चिहान’ कान्तिपुर थिएटरमा मञ्चन हुँदै

अखबार दैनिक
मंगलबार, असोज १३ २०८३
  • चर्चित उपन्यास ‘एक चिहान’ कान्तिपुर थिएटरमा मञ्चन हुँदै

    काठमाडौँ, १३ असोजः हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि काठमाडौँ गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुँदैछ ।    
       

    नाटक मञ्चनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा यही असोज १६ गतेदेखि नियमित रूपमा उक्त नाटक प्रदर्शन गरिने जानकारी दिइएको छ । बुधबारबाहेक हरेक दिन साँझ ५ः३० बजे उक्त नाटक मञ्चन हुनेछ । सार्वजनिक बिदाका दिन दिउँसो १ः३० बजे पनि नाटक हेर्न सकिने आयोजकले जनाएको छ । नाटकका निर्माता सफलजङ्ग शाह रहनुभएको छ ।    
        
    यसअघि बुटवल, चितवन, हेटौँडा, काठमाडौँ र सुर्खेतलगायतका सहरमा १० पटक उक्त नाटक मञ्चन भइसकेको नाटक निर्देशक नकुल पौड्यालले जानकारी दिनुभयो ।    
        
    उहाँका अनुसार समाज, शिक्षा र मनोविज्ञानको ऐनाका रूपमा रहेको उक्त नाटकले सामाजिक यथार्थ र मानवीय मनोविज्ञानलाई प्रभावशाली ढङ्गले चित्रण गरेको छ । उपन्यासमा आधारित त्यस नाटकले समाजका विविध पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।    
        
    नाटकमा रूपा थापा मगर, पुष्पेन्द्र खड्का, गोपाल महतरा, भिरुन पौडेललगायत कलाकारको अभिनय रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ