बुधबार, असोज २८ गते २०८३

वीरगञ्ज नाकामा  तस्करी नियन्त्रण चुनौतीपूर्ण

वीरगञ्ज नाकामा  तस्करी नियन्त्रण चुनौतीपूर्ण

अखबार दैनिक
बुधबार, असोज १४ २०८३
  • वीरगञ्ज नाकामा  तस्करी नियन्त्रण चुनौतीपूर्ण

    वीरगञ्ज असोज १४ गते,  वीरगञ्ज नाकामा महिला, बालबालिका र पुरुषको प्रयोग गरी हुने पोके तस्करी नियन्त्रण सुरक्षा निकायका लागि चुनौती बन्दै गएको छ। भारतबाट खाद्यान्न, कपडा, मोबाइलदेखि लागूऔषधसम्मका सामान बोकेर दैनिक सयौँ व्यक्ति सीमा पार गर्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ।

    पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहनसिंह क्षेत्रीका अनुसार वीरगञ्ज आसपासमा करिब ५०० जना दैनिक पोके तस्करीमा संलग्न छन्। सामान बरामद वा पक्राउ परेपछि पनि कतिपय पुनः यही काममा फर्किने गरेका छन्।

    गत असोज ७ गते सिर्सिया नाकामा सामान नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप हुँदा दुई सशस्त्र प्रहरी जवान घाइते भएका थिए।

    सशस्त्र प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्सामा १६५ जना तस्करीमा संलग्न व्यक्ति पक्राउ परेका थिए भने २८ करोड ९२ लाख रुपैयाँ बराबरका सामान बरामद भएका थिए। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ३२ जना पक्राउ परिसकेका छन् र ३ करोड ७१ लाख रुपैयाँ बराबरका सामान बरामद भएको छ।

    सुरक्षाकर्मीको निगरानी बढाइए पनि महिला तथा बालबालिकाको प्रयोग, ग्रामीण नाका र सीमावर्ती क्षेत्रमा निगरानी छल्ने प्रयासका कारण पोके तस्करी नियन्त्रण थप जटिल बनेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ