सोमबार, असोज १९ गते २०८३

दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

अखबार दैनिक
बिहीबार , असोज १५ २०८३
  • दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    कपिलवस्तु, १५ असोजः कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्मा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारी मृत्यु भएको छ ।    
        
    दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा निधन भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।    
        
    स्थानीय पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लुप्र ०१–००१ क ०८४५ नम्बरको उक्त ट्याङ्कर सडक छेउको रुखमा ठोकिएको थियो । ट्याङ्कर चालक महेशप्रसाद चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ