मंगलबार, असोज २० गते २०८३

प्रेमिल म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’

प्रेमिल म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’

अखबार दैनिक
शुक्रबार, असोज १६ २०८३
  • प्रेमिल म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’

    कर्णाली क्षेत्र आसपासका रमणीय तथा प्राकृतिक दृश्यलाई पृष्ठभूमिमा समेटेर तयार पारिएको नयाँ प्रेमिल म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’ आज दिउँसो ४ः३० बजे एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक हुँदैछ।
    सुजाता केसी र सबिन सुबेदीको युगल गायनमा तयार भएको गीतमा गजेन्द्र रञ्जितको शब्द रचना तथा राजेन्द्र बजगाईँको संगीत रहेको छ। प्रेमभाव र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको गीतको भिडियो कर्णाली क्षेत्र आसपासका आकर्षक दृश्यमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।

    म्युजिक भिडियोमा नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग योजना प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (CEO) कुबेर नेपाली र लोकप्रिय कलाकार तथा मोडल झरना रिशालको अभिनय रहेको छ। उनीहरूको अभिनयले गीतको भाव र कथालाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।

    प्रेम, सम्बन्ध र भावनालाई प्रस्तुत गरिएको ‘साक्षी राखी माया मेरो’ म्युजिक भिडियोले दर्शक तथा स्रोताको माया पाउने विश्वास निर्माण पक्षले लिएको छ। निर्माण पक्षले आफ्ना अघिल्ला सिर्जनाहरूलाई जस्तै यस नयाँ प्रस्तुतिलाई पनि दर्शक–श्रोताले माया, साथ र सकारात्मक प्रतिक्रियामार्फत हौसला प्रदान गर्ने अपेक्षा गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ