बुधबार, असोज २१ गते २०८३

चोलेन्द्रसहित उनका नातेदार र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

चोलेन्द्रसहित उनका नातेदार र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

images
अखबार दैनिक
बुधबार, असोज २१ २०८३
  • चोलेन्द्रसहित उनका नातेदार र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    काठमाडौं २१ असोज, सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनका नातेदार तथा निकटस्थ व्यक्तिहरूको घरमा छापा मारेको छ।

    विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोलीले छानबिन गरिरहेको छ।

    यस्तै, जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत टोली पुगेको स्रोतले जनाएको छ। छापाका क्रममा केही महत्त्वपूर्ण कागजात बरामद गरिएको बताइएको छ।

    यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ