बुधबार, असोज २८ गते २०८३

कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै

कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै

अखबार दैनिक
मंगलबार, असोज २७ २०८३
  • कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै

    काठमाडौँ, २७ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।    
        
    कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो ।    
        
    दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने चार क्लस्टरको मतगणना जारी छ । अरु छ क्लस्टरको गणनाको तयारी भइरहेको उहाँले बताउनुभयो । निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ । त्यस्तै पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यको पनि गणना पूरा भएको छ ।    
        
    यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदको मतगणना अहिले जारी छ । हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।    
        
    त्यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना पनि तीव्र रूपमा भइरहेको छ । बाँकी रहेका अन्य क्लस्टरको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ ।     
        
    यस्तै, दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य, अल्पसङ्ख्यक तथा अपाङ्तातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य गर्न बाँकी नै छ ।    
        
    मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य, खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य तथा पेसागततर्फको खुला र महिला केन्द्रीय सदस्यको मतगणनाको पनि तयारी भइरहेको कांग्रेसले जनाएको छ ।    (रासस)       

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ