शुक्रबार, कात्तिक २० गते २०८३

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

अखबार दैनिक
बिहीबार , कात्तिक १९ २०८३
  • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    काठमाडौँ, १९ कात्तिकः रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ ।    
        
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ ।    
        
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १४ लाख २५ हजार ७५७ अमेरिकी डलर पुगेको छ ।   (रासस)         
      

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ