शुक्रबार, कात्तिक २० गते २०८३

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

अखबार दैनिक
शुक्रबार, कात्तिक २० २०८३
  • एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    काठमाडौँ, २० कात्तिकः निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।    
        
    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवङ्गत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गर्नुभयो । एकान्नब्बे वर्षीया उहाँको भक्तपुरको लोकन्थलीस्थित बिहीबार साँझ निधन भएको थियो ।    
        
     त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायतका महानुभाव आज आर्यघाट जानु भई मुलुकमा लोकतन्त्र स्थापनाका लागि उहाँले खेल्नुभएको योगदानप्रति उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।    
        
     पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहनुभएकी स्व पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, सङ्घीय सांसद, प्रदेशसभाका सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतका नेता आर्यघाट पुग्नुभएको थियो ।    
        
    पञ्चायकालको भूमिगत जीवनमा अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरु अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायतलाई उहाँले आश्रय दिनुभएको थियो ।    
        
     उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व पोखरेलका दुई छोरा र दुई छोरी हुनुहुन्छ । रासस   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ