शनिबार, कात्तिक २८ गते २०८३

प्रधानमन्त्रीसँग रास्वपा सांसदको छलफल

प्रधानमन्त्रीसँग रास्वपा सांसदको छलफल

अखबार दैनिक
शुक्रबार, कात्तिक २७ २०८३
  • प्रधानमन्त्रीसँग रास्वपा सांसदको छलफल

    काठमाडौँ, २७ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले भेट गर्नुभएको छ ।    
        
    सिंंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको हो ।    
        
    भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले आफूहरुलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिनुभएको बताउनुभयो ।    
        
    उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिनसक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ, चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सक्छ । भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस् ।”    
        
    रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेता यही कात्तिक २९ गते १० दिनका लागि चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।  रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ