बुधबार, मंसिर ९ गते २०८३

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, के–के छन् सम्झौतामा ?

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, के–के छन् सम्झौतामा ?

अखबार दैनिक
सोमबार, मंसिर ७ २०८३
  • नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, के–के छन् सम्झौतामा ?

    काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

    भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि दुई देशबीच आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    समझदारीअनुसार दुवै देशले सुरक्षा, प्रशासन, स्वास्थ्य, प्रविधि, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सहकार्य गर्ने भएका छन् ।

    समझदारी भएका आठ प्रमुख क्षेत्र यस्ता छन् :

    १. फरेन्सिक विज्ञानमा सहकार्य

    भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन, अनुसन्धान तथा प्राविधिक क्षेत्रमा सहकार्य हुनेछ ।

    २. प्रहरी प्रशिक्षण

    भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी अधिकारीको तालिम, क्षमता अभिवृद्धि तथा प्रशिक्षणका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

    ३. प्रशासनिक अधिकारीहरूको तालिम

    भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच समझदारी भएको छ । यसअन्तर्गत नेपाली सरकारी अधिकारीहरूको क्षमता विकास र प्रशासनिक तालिममा सहकार्य गरिनेछ ।

    ४. आयुर्वेद तथा परम्परागत चिकित्सा

    दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत चिकित्सा पद्धतिको विकास, अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्नेछन् ।

    ५. स्याटेलाइट सञ्चार

    भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने विषयमा समझदारी भएको छ ।

    ६. सहरी विकास

    दिगो सहरी विकासका लागि नेपाल र भारतबीच प्राविधिक ज्ञान, अनुभव तथा सीप आदानप्रदान गर्ने समझदारी भएको छ ।

    ७. स्वास्थ्य तथा चिकित्सा

    स्वास्थ्य सेवा विस्तार, चिकित्सा क्षेत्रको विकास तथा स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा दुवै देशले मिलेर काम गर्ने भएका छन् ।

    ८. पशुपालन तथा मत्स्यपालन

    पशुपालन र मत्स्यपालन क्षेत्रको विकास, प्रविधि हस्तान्तरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले दुई देशबीच सहकार्य गर्ने समझदारी भएको छ ।

    प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा भएका यी समझदारीले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ । विशेषगरी सुरक्षा, प्रविधि, स्वास्थ्य, प्रशासन र उत्पादनमूलक क्षेत्रमा सहकार्य विस्तार गर्ने दिशामा यी समझदारीलाई महत्त्वपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ