बुधबार, मंसिर ९ गते २०८३

कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

अखबार दैनिक
बुधबार, मंसिर ९ २०८३
  • कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

    काठमाडौँ, ९ मङ्सिरः काठमाडौँ महानगरपालिका– २९ अनामनगरमा अटिजम भएका बालबालिकाका लागि निर्माण हुने विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको छ ।    
        
    कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज सो भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा उहाँले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नभन्दा उनीहरूको फरक आवश्यकतालाई सम्बोधन गर्न शिक्षा प्रणालीसक्षम छ कि छैन भन्ने विषय महत्वपूर्ण भएको बताउनुभयो ।    
        
    समाजमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षाबारे गरिने प्रश्न नै गलत रहेको बताउँदै कावा प्रमुख डङ्गोलले सबैले परिकल्पना गरेको मानवताको र करुणाको सहर निर्माण गर्ने अभियानमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्रको स्थापनाले एउटा महत्वपूर्ण इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।    
        
    अटिजम भएका बालबालिकाको संवाद गर्ने, सिक्ने, बोल्ने र व्यवहार गर्ने तरिका फरक हुने भएकाले उनीहरूको आवश्यकताअनुसार शिक्षा र व्यवहार आवश्यक रहेको उहाँको भनाइ थियो ।    
        
    काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुशकुमार ढकालले अटिजम भएका विद्यार्थीको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकको सहायताका लागि भवन बहुउपयोगी विश्वास व्यक्त गर्नुभयो ।    
        
    भवन निर्माणका लागि रु १० करोड ९१ लख ७९ हजार लागत अनुमान गरिएकामा सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि रु नौ करोड ७७ लाख ४५ हजार ६२६ मा सम्झौता भएको छ । भवनको भूमिगत तलामा ३० वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने ठाउँ हुनेछ । (रासस)    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ