बिहीबार , साउन २१ गते २०८३

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ, अझै सशक्त बनाउन सहयोग गछौँ : अर्थमन्त्री पौडेल

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ, अझै सशक्त बनाउन सहयोग गछौँ : अर्थमन्त्री पौडेल

अखबार दैनिक
शुक्रबार, मंसिर १२ २०७७
  • सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ, अझै सशक्त बनाउन सहयोग गछौँ : अर्थमन्त्री पौडेल

    मंसिर १२,

    बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित ‘दैनिकपत्र’ राष्ट्रिय दैनिकको १७औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सञ्चार संस्थाकै कारण प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सम्भव भएको धारणा राखे ।

    मन्त्री पौडेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै सञ्चार क्षेत्रको भूमिकालाई अझै सशक्त बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा दैनिकपत्र राष्ट्रिय दैनिकका प्रधानसम्पादक तथा कार्यकारी प्रमुख बालकृष्ण चापागाईले दैनिक पत्र मोफसलको उत्कृष्ट पत्रिका भएको बताउँदै संस्थाको उन्नति एवं प्रगतिका लागि सहयोग गर्ने पाठक, विज्ञापनदातालाई आभार एवं धन्यवाद व्यक्त गरे ।

    संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अझै पनि मिडियाको कामलाई सरकारले महत्व नदिएको बताउँदै कोरोनाको महामारीमा समेत मिडिया सञ्चालन गर्दा हुने समस्या र राहतका बारेमा कसैले नसोधेको गुनासो गरे ।

    मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैको पहल आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार