बिहीबार , साउन २१ गते २०८३

ओलीले जबजसँग प्रधानमन्त्री साटे : माधब नेपाल

ओलीले जबजसँग प्रधानमन्त्री साटे : माधब नेपाल

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • ओलीले जबजसँग प्रधानमन्त्री साटे : माधब नेपाल

    मंसिर २९,

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन् ।

    हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै नेता नेपालले अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पद पाउन ओलीले जबज साटेको आरोप लगाएका हुन् ।

    ‘जनताको बहुदलीय जनवाद छाड्ने व्यक्ति को ? केपी शर्मा ओली जी,’ नेता नेपालले भने, ‘प्रचण्डजीसँग प्रधानमन्त्री पद पाउनका लागि जनताको बहुदलीय जनवाद छोड्ने व्यक्ति इतिहासमा दर्ज गर्नु पर्ने हो भने केपी शर्मा ओली जी नै हो ।’ पूर्वप्रधानमन्त्री नेपालले त्यसको प्रमाण आफूसँग भएको पनि बताए ।

    पार्टीमा ओलीले नेतृत्व हस्तान्तरणको विषय उठाए पनि त्यसलाई विश्वास गर्ने आधार नभएको नेता नेपालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार