बिहीबार , साउन २१ गते २०८३

शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्नुहुन्न : विश्वराज पोखरेल

शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्नुहुन्न : विश्वराज पोखरेल

अखबार दैनिक
बुधबार, पुस १ २०७७
  • शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्नुहुन्न : विश्वराज पोखरेल

    पौष १,

    प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

    हालै बढुवा भएर अतिरिक्त महानिरीक्षकभएका पोखरेलले राष्ट्रिय सभागृहमा मंगलवारआयोजित समारोहमा मुलुकले लिएको समृद्धिको लक्ष्य प्राप्त गर्न प्रहरीको अहम् भूमिका रहने बताए।

    उनले कोभिड–१९ को सङ्क्रमण जोखिमको वर्तमान विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको छ भने । “यो विश्वासलाई अझै बढाउँदै लैजानुपर्छ प्रहरी नागरिकमैत्री भएमा मात्रै समुदायको सहयोग पाइन्छ”, प्रहरी अतिरीक्त महानिरीक्षक पोखरेलले भने ।

    व्यावसायिक, लागनशील, असल आचरणका साथ सङ्गठनले दिएको जिम्मेवारी बहन गर्दै लिइएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले प्रहरीले कुनै लोभ लालचमा लागेर सङ्गठनविपरीत हुने गरी कार्य गरेमा भने कुनै माफी दिन नसकिने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार