बिहीबार , साउन २१ गते २०८३

ओलीलाई कारबाही गरेकोबारे पार्टीले गरायो आयोगमा जानकारी

ओलीलाई कारबाही गरेकोबारे पार्टीले गरायो आयोगमा जानकारी

अखबार दैनिक
सोमबार, पुस ६ २०७७
  • ओलीलाई कारबाही गरेकोबारे पार्टीले गरायो आयोगमा जानकारी

    नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ। प्रधानमन्त्री समेत रहेका ओलीलाई आइतबार बसेको स्थायी कमिटि बैठकले कारबाही सिफारिस गरेको हो । यो सिफारिस मंगलबार केन्द्रीय कमिटीमा लगिने छ ।

    सोमबार नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आयोगको कार्यालय पुगेर स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गरेको जानकारी गराएका छन्।

    ओलीलाई स्थायी कमिटीले कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय समितिमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो। आइतबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटि बैठकले ओलीलाई कारबाही सिफारिस गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार