बिहीबार , साउन २१ गते २०८३

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै

अखबार दैनिक
सोमबार, पुस १३ २०७७
  • कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौसहित १ सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।

    आज कांग्रेसको कार्यसमितिको बैठकको निर्णय अनुसार प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध आज काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।

    आज विभिन्न निर्वाचन क्षेत्रमा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

    आज भक्तपुरको मध्यपुर थिमिमा आयोजना हुने प्रदर्शनमा सभापति शेरबहादुर देउवाले र तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार